१७औं सुकना गोल्ड कप शुरुयादगार जीतको साथ क्वार्टर फाइनलमा पुग्यो यूकेएफसी

IMG-20240116-WA0223.jpg

१६ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले असाधारण पुनरागमनको साथ यादगार जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको पहिलो प्री-क्वार्टर फाइनल म्याचमा यूकेएफसी-ले एटीएस कलकत्तालाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा एटीएस-बाट सुरजीत घोषले २१औं र ५३औं मिनटमा गोल गरे। यसरी यूकेएफसी-बाट गिल्सोन कान्दुम्वाले ८०औं मिनट (पेनल्टी) र बिरेन प्रधानले ८९औं मिनटमा गोल गरे। बिरेन प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने दोस्रो प्री-क्वार्टर फाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) र कालेबुङ पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा २० वटा शीर्ष टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २५ र २६ जनवरीमा खेलिनेछ। यसरी फाइनल २८ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement