गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले आफ्नो सामाजिक भ्रमणलाई निरन्तरता दिइरहेको एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ। यसैक्रममा आज चामलिङले दक्षिण सिक्किमस्थित आले रबिटारकी स्वर्गीय मन माया राई र अप्पर सल्लेबुङका स्वर्गीय पदम बहादुर प्रधान तथा पूर्व सिक्किम रिनाकस्थित छलमथाङ-तारेथाङका स्वर्गीय खुश नारायण अधिकारी, स्वर्गीय एलएन शर्मा र छुजाचेन-मानपुरका स्वर्गीय ईन्द्र कुमार छेत्रीलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारका सदस्यहरूलाई गहिरो समवेदना प्रकट गरेका छन्।