अरिबहादुर गुरुङको सालिग स्थापनाको लागि सालुगढामा साङ्गेतिक कार्यक्रम

slg

सिलगढी: अरिबहादुर गुरुङको सालिग स्थापना गर्नको लागि सालुगढामा साङ्गेतिक कार्यक्रमको आयोजना गरियो। अरिबहादुर गुरुङ फाउन्डेसनले खरसाङ महकुमा अन्तर्गत सिटोङ २-मा बेरिस्टर अरिबहादुर गुरुङको ५० फिट अग्लो सालिग निर्माण गर्न गरिने भएको छ। उक्त सालिगको निर्माणको लगायत यस संस्थाले अर्थ संग्रह गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। यसै क्रममा हिजो अरिबहादुर फाउन्डेसनले एउटा साङ्गेतिक कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा जी सारेगमापा-का विजयी प्रतियोगी जेटशन डोना लामा, गायक पुष्पन, सारथी समूह अनि जुनु गौतमले सुमधुर गीतहरू प्रस्तुत  गरे। यसको साथै सुपार डान्सर उपविजेता परी तामाङ अनि सिटोङ डान्स एकाडमीका नर्तकी प्रभात राई, सम्भावी खवासले सुन्दर नृत्य प्रस्तुत गरिन्। उक्त कार्यक्रममा प्रमुख अतिथि बेरिस्टर अरिबहादुर गुरुङका छोरा डा. उदय गुरुङले स्व: पिता अरिबहादुर गुरुङको तस्विरमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूवात गरे। समारोहका विशिष्ट अतिथि दार्जिलिङका सांसद राजु बिष्टले अरिबहादुर गुरुङको सालिग निर्माणको निम्ति तन, मन, धन दिएर सहयोग गर्ने बताए।

About Author

Advertisement