जस्टिस गांगुलीले भने, अब म बंगालीमा पनि सुनाई गर्नेछु

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः कलकत्ता हाईकोर्टका चर्चित न्यायाधीश जस्टिस अभिजीत गांगुलीले आफ्नो पीठमा अंग्रेजीका साथै बंगाली भाषामा पनि सुनवाई गर्ने भनेका छन्। सोमवार एक मामिलाको सुनवाईमा उनले यो कुरा भनेका हुन्। न्यायमूर्ति अभिजीत गांगुलीले सोमवार एक मामिलाको सुनाई गरिरहेको कलकत्ता उच्च न्यायालयको खण्डपीठको आदेशको पनि आलोचना गऱे। डिवीजन बेञ्चले उक्त मामिलामा उचित निर्देश दिएन, जजले भने।

सूत्रहरू अनुसार, जस्टिस गांगुलीको कोर्ट रूममा केही पुरानो मामिलाहरूको सुनवाई भइरहेको थियो। तब कोर्ट रूममा एक युवकलाई हात जोड़ेको देखेर जजले सोधे, तपाई हात जोड़ेर किन खड़ा छन् ? तब युवकले जस्टिसलाई आफूले अंग्रेजी नबुझेको भन्यो। उसले भन्यो, आफ्नी बहिनीको बिहेको निम्ति ढाई लाख रूपियाँ बचाएर राखेको थियो। एक मामिलामा गलतबयानी गरी केस दर्ता गर्न उकीलले व्यक्तिबाट एक लाख रूपियाँ लियो। पछि अदालतको आदेशको प्रति प्राप्त गर्न थप एक लाख रूपियाँ लिइयो। फेरि पनि उसले मामिलामा न्याय नपाएको युवकले जजसित शिकायत गऱ्यो।

कोर्ट सूत्रहरू अनुसार, जजले मामिलाको आदेशको कपी हेरेपछि खण्डपीठको आदेशको आलोचना गऱे। डिवीजन बेञ्चले सबै मामिलाहरूमा सही निर्देश दिइरहेछैन, उनले भने। यसको साथै उनले भने, यदि कसैलाई अंग्रेजीमा बोल्नमा समस्या हुन्छ भने म बंगालीमा सुनवाई गर्नेछु। बंगाली बोल्नु धेरै जरूरी छ। अबदेखि मेरो कोर्ट रूममा बंगालीमा पनि सुनवाई हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement