मकर संक्रान्तिमा बर्दवानमा उड्यो मोदी गुड्डी

IMG-20230410-WA0169-11-300x172-4

बर्दवानः मकर संक्रान्तिको दिन पश्चिम बंगाल सहित देशका विभिन्न हिस्साहरूमा गुड्डी उड़ाउने परम्परा छ। सोमवार बर्दवानमा भारी संख्यामा आकाशमा मोदीको फोटो अंकित गुड्डी उड़ेको देखियो।

वस्तुतः शाही कालदेखि नै बर्दवान शहरमा पौष संक्रान्तिमा गुड्डी उड़ाउने चलन छ। इदिलपुर काठगोला घाट, सदरघाट माघी मेला, बहिर सर्बमंगला पाड़ा सहित विभिन्न स्थानहरूमा गुड्डी मेला मनाइन्छ। यस साल पनि मेला वरिपरि तेन्तुलतला बजार, बड़ाबजार, जेलखाना मोड़, बोरहाट, लाकुर्डी सहित शहरका विभिन्न क्षेत्रहरूमा गुड्डी व्यापारीहरूले गुड्डी र धागोको व्यवस्था गरेका छन्। विक्रेताहरूको भनाई छ, यस सालको गुड्डी महोत्सवमा यो ”मोदी-गुड्डी” ले बजारलाई हल्लाइरहेछ। प्रधानमन्त्रीको फोटो भएको गुड्डी दोकानहरूमा बिक्री भइरहेछ। फोटोको साथ लेखिएको छ, बीजेपी मिशन २०२४। भारतीय युवा मोर्चाका सदस्य अनीश दासले भने, मोदीको नाम अहिले आकाशमा उड़िरहेछ। यो त केवल ट्रेलर हो, लोकसभा चुनाउमा पूरा पिक्चर बाकी छ।

-हिस

About Author

Advertisement