छत्तीसगढ़: प्रधानमन्त्री मोदीले छत्तीसगढ़की पहाड़ी कोरवा मनकुँवारीसित गरे प्रत्यक्ष सम्वाद, पक्का घरमा बस्छन्, ग्यास सिलेण्डरमा खाना पकाउँछन्: मनकुँवारी बाई

nat

रायपुरः छत्तीसगढ़को जशपुर जिल्ला अधिनस्थ बगीचा गाउँको स्वामी आत्मानन्द हायर सेकेण्डरी स्कूल परिसरमा सोमवार प्रधानमन्त्री जनजाति आदिवासी न्याय महाअभियान (पीएम जनमन) अन्तर्गत पीएम नरेन्द्र मोदीले हितधारकहरूसित प्रत्यक्ष सम्वाद गरे। यसै क्रममा मोदीले विभिन्न योजनाहरू अऩ्तर्गत लाभान्वित हितधारक पहाड़ी कोरवा मनकुँवारी बाईसित पनि बातचित गरे। प्रधानमन्त्रीले मनकुँवारी बाईलाई प्रश्न गरे- उनलाई सरकारको कुन-कुन योजनाहरूको लाभ प्राप्त भएको छ? मनकुँवारीले बताइन्, प्रधानमन्त्री आवास योजना अन्तर्गत निर्मित पक्का घरमा बस्छन्। पहिला बिजुली नभएको कारणले समस्या हुन्थ्यो, तर अहिले त्यस्तो छैन।

प्रधानमन्त्री मोदीलाई मनकुँवारीले बताइन्, उनको परिवारमा पाँचजना सदस्य छन्। पहिला जङ्गलबाट सुक्खा दाउरा ल्याएर खाना पकाउनु पर्थ्यो, यसो गर्दा समय धेरै लाग्थ्यो, तर अहिले उज्जवला योजना अऩ्तर्गत पाएको ग्यास सिलेण्डरमा खाना कम समयमा सहजै पाक्छ। यसबीच प्रधानमन्त्रीले फेरि प्रश्न गरे- तपाईले कुनै नयाँ रेसिपी सिक्नु भएको छ कि छैन? जवाफस्वरूप मनकुँवारीले बताइन्, अब जलेबी, धुस्का, भजिया जस्ता परिकारहरू सहजै बनाउँछन्।

सरकारले घरसम्म ल्याइदियो शुद्ध पिउने पानी: मनकुँवारी

मनकुँवारीले भनिन्, हामी पहाड़ी कोरवा हौं, हामी पहाड़हरूमा बस्छौं, पिउने पानी हामी सबैको लागि ठूलो चुनौती थियो, तर आज सकारले घर-घरमा पानी पुऱ्याइदिएको छ। उनले यी योजनाहरूको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिइन् जसलाई स्वीकार गर्दै प्रधानमन्त्रीले भने, तपाईको धन्यवादको लादि म तपाईलाई धन्यवाद दिन्छु कि तपाईले यी योजनाहरूको लाभ मात्र उपभोग गर्नु भएन जबकि अन्य हितधारकहरूलाई पनि योजनाहरूको लाभ दिलाउनुभयो। उनले भने, अधिकभन्दा अधिक मानिसहरूले योजनाहरूको लाभ उपभोग गर्न सक्यो भने प्रभाव पनि कैयौं गुणा बढ़्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement