गंगासागर पुण्यार्थीहरू फर्किने क्रममा कुइँरो बन्यो बाधक

IMG-20230528-WA0320-5-300x172-5

कोलकाताः दक्षिण २४ परगनाको विख्यात तीर्थ गंगासागरमा पुण्य स्नानको निम्ति आएका लगभग ६५ लाख मानिसहरू फर्किने मार्गमा घना कुइँरोको कारण समस्याहरू खड़ा भएको छ। कुइँरोको कारण दृश्यता कम रहँदा सोमवार दक्षिण २४ परगना जिल्लामा गंगासागरको निम्ति डुंगा सेवाहरू लगभग छह घण्टासम्म बाधित रह्यो।

एक पुलिस अधिकारीले जानकारी गराए, मकर संक्रान्तिको अवसरमा लाखौं तीर्थयात्री गंगा नदी र बंगालको खाड़ीको संगममा डुबुल्की लगाउन र कपिल मुनि मन्दिरमा पूजा गर्न गंगासागर पुगेका छन्। सुन्दरवन पुलिस जिल्लाका अधिकारी अनुसार, फेरी सेवा बिहान ३.३० बजीदेखि बाधित भयो र सोमवार बिहान ९.४० बजी फेरि शुरू हुनसक्यो। यो असुविधा घना कुइँरोको कारण भयो। सुरक्षा कारणहरूले सेवा निलम्बित गरिएको थियो ताकि कुनै प्रकारको दुर्घटनालाई रोक्न सकियोस्। कचुबेरिया र लट नम्बर ८ देखि डुंगा सेवा बाधित भयो।

पुलिस अधीक्षक कोटेश्वर रावले पुष्टि गरे कि दृश्यतामा सुधारपछि डुंगा सेवाहरू फेरि शुरू भएको छ। उनले जानकारी दिए, कम्तीमा ४० जहाज अब यी यात्रीहरूलाई लगिरहेछ, जो या त गंगासागर पुग्न चाहन्छन् या फेरि तीर्थ स्थलबाट फर्किरहेका छन्। सोमवार मकर संक्रान्तिको अवसरमा देशभरिबाट लाखौं तीर्थयात्रीहरूले गंगा नदी र बंगालको खाड़ीको संगममा पवित्र डुब्लुकी लगाएका छन्।

-हिस

About Author

Advertisement