तृणमूल नेता शंकर आद्याको चार्टर्ड अकाउण्टेन्टको ठेगानाहरूमा ईडीको छापा

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः राशन वितरण भ्रष्टाचार मामिलामा ईडी एकपल्ट फेरि सक्रिय भएको छ। ईडीको टीमले सोमवार बिहानदेखि कोलकातामा कम्तिमा छ ठाउॅंमा छापा मारेको छ। यस मामिलामा पक्रा परेका बनगाउॅंका पूर्व मेयर शंकर आद्याको चार्टर्ड अकाउण्टेन्ट अरविन्द सिंहको सल्ट लेकस्थित कार्यालयमा तलासी लिइॅंदैछ। ईडीले चौरंगी क्षेत्रमा आद्याको एउटा कार्यालयमा पनि छापा मारेको छ। यी सबै ठाउॅंहरूमा केन्द्रिय सशस्त्र पुलिस बल तैनात गरिएको छ।

ईडीले कोर्टमा दावी गरे अनुसार, शंकरसॅंग ९० भन्दा धेरै फरेक्स कम्पनीहरू छन्, तर ती सबै कम्पनीहरू शंकरको नाममा छैन। सुरक्षा एजेन्सीहरूको आंखा छल्नको निम्ति उनले आफन्त र परिचितहरूको नाममा कम्पनी बनाइयो। शंकरले यस संस्थाको माध्यमले विदेशमा कम्तीमा २० हजार करोड़ रूपियाँको लेनदेन गरेका छन्। यसअघि कथित रूपमा विदेशी मुद्रा (मुख्य रूपमा डलर) मा परिवर्तित गरियो र फेरि दुबई पठाइयो।

यसैगरी धेरै पल्ट बांग्लादेशको माध्यमले पनि विदेशी मुद्रामा परिणत गरिएको छ। ५ जनवरीमा बिहान ईडीले शंकरको बनगाउँ स्थित घरमा खोजी अभियान चलाएको थियो। लगभग १७ घण्टाको अभियानपछि उनलाई पक्राउ गरिएको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement