कोलकाताः पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको सन्देशखालीमा तृणमूल नेता शेख शाहजहॉंको घरमा छापामारी अवधि ईडी अधिकारीहरूमाथि हमला मामिलामा पक्रा पर्ने व्यक्तिहरूको संख्या चार पुगेको छ। घटनाको ११ दिनपछि पुलिसले गत शुक्रवार दुई जनालाई पक्राउ गरेको थियो भने अब अझ दुई जनालाई पक्राउ गरिएको छ।
पुलिसले भने, पक्रा पर्ने व्यक्तिहरूको नाम अली हुसैन घरामी र सञ्जय मण्डल बताइएको छ। पुलिसले आइतवार अली हुसैनलाई उत्तर २४ परगना जिल्लाको मिनाखानबाट र संजयलाई त्यसै जिल्लालाई नजात क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरूको पक्राउका साथै ईडी अधिकारीहरूमाथि हमला मामिलामा पक्रा पर्ने आरोपितहरूको संख्या बढेर चार पुगेको छ।
पुलिसले १२ जनवरीमा सुकमल सरदार र मेहबूब मोल्लालाई पनि पक्राउ गरेको थियो। पुलिसले हमलाको भिडियो फुटेजको आधारमा पक्राउ गरेको हो। हमलापछि कथित मास्टरमाइण्ड एवं तृणमूल कांग्रेस नेता शेख शाहजहॉं अझै पनि बेपत्ता छन्। ईडीले शाहजहॉं विरूद्ध लुकआउट नोटिस जारी गरेको छ। बीएसएफलाई सीमा चौकीहरूमा सतर्क गरिएको छ ताकि उनी भागेर बांग्लादेश जान नसकुन्।
-हिस