“बाघडुग्रामा किराती नयाँ वर्ष येले संबत (येलेदोङ)”, माघे सक्रान्ति भब्यताका साथ पालन

IMG-20240115-WA0246.jpg

बाघडुग्रा: गत १५ जनवरी २०२४ को दिन यलम्बर हाङ्ग किराती खम्बु राई संस्कृतिक संस्थान बाघडुग्रा एम एम तराई द्वारा माङखिम प्राङ्गण एम एम तराईमा “यलम्बर डे” येलेदोङ्ग-५०८५ (किराती नया वर्ष) तथा माघे सक्रान्ती भब्यताको साथ पालन गरियो।
यस अवसरमा बाघडुग्रा तराई भेगका धेरै किराती समुदायको उपस्थिति रहेको थियो भने यस अवसरमा किरातीहरुको प्राचिन खेल पुरुषहरुको निम्ति धनुकाड(भेताली) प्रतियोगिता, महिलाहरुको निम्ति बास छिनाउने(बाङहेपमा) मनोरञ्जनात्मक प्रतियोगिता राखिएको थियो, पुरुषको खेलमा २५ प्रतियोगीहरुले भाग लिएका थिए भने महिला तर्फ १३ प्रतियोगीहरु रहेको थियो, प्रतियोगितामा उत्कृष्ट ३-३ जना प्रतियोगीहरु पुरुष तर्फ श्री इन्द्र बहादुर राई, श्री सन्तोष राई, श्री जि एल राई साथै महिला तर्फ सुश्री रोषनी राई, श्रीमति गगन राई, सुश्री मौसमी राई प्रथम, द्वतिय र तृतीय हुनु भएको थियो।
बिजयी प्रतियोगीहरु लाई संस्थाको वरिष्ठ सदस्य तथा संरक्षक श्री एम बी राई,संस्थाका अध्यक्ष श्री टि बि राई,वरिष्ठ सदस्य श्री भरत राई, पुर्व अध्यक्ष श्री एम पि राई, पुर्व सचीव श्री डि बि राई,महासचिव श्री एस बी राई ज्युको बाहुलीबाट पुरस्कार ट्रफी प्रदान गरि हौसला प्रदान गरियो। सम्पुर्ण कर्यक्रमको संचालन संस्थाका सहसचिव श्री अनमोल किराती (आई के राई) र श्री देवा राईले गर्नु भएको थियो भने यलम्बर डे “येले सम्बत ५०८५” को इतिहासिक तथ्य बारे संक्षिप्तमा श्री अनमोल किराती(आई के राई), श्री भरत राई ज्युले बक्तब्य प्रस्तुत गर्नु भएको थियो जो निम्न प्रकार छ।

किरातीहरुको प्रथम राजा यलम्बरले शुरु गरि प्रयोगमा ल्याएको येले सम्बत लाई किरांत समुदायले मान्दै आएको छ, किरात राज्य साशन समाप्त पछि येले संबत लाई ओझेलमा राखिएको थियो तर आधुनिक पिडिका किरांतीहरुले आ-आफ्नो ऐतिहासिक र सामाजिक अस्तित्व र पहिचानको आधारहरू खोजी गरेर संरक्षण संवर्द्धन गर्ने क्रममा किराँत समुदायले आफ्नो जातीयतामा आधारित येले संवतलाई अनुसंधान गरि व्यावहारिक रुपमा प्रयोगमा ल्याई मनाउन थालेको छ।
किराँतका विभिन्न समुदायमा भाषा तथा संस्कार संस्कृतिहरू फरक फरक भएकाले यो संवतको नामाकरण पनि बेग्लाबेग्लै भएको पाइन्छ,किराँत समुदायभित्र विशेष गरी मुख्य तीन समूहहरू राई, लिम्बु र सुनुवार छन्,यसर्थ आफ्नो भाषागत फरक अनुसार किराँत राईहरूले यस संवतलाई येलेदोङ् तथा येलेदँ भन्दछन् भने लिम्बु समुदायमा येलेतङ्बे र सुनुवार समुदायमा येलेथोचे भन्ने गरेको पाइन्छ।

किराँतकालीन शासन अवधि बारे इतिहासकारहरुले लेखेका दस्तावेज अनुसार गोपाल वंशावलीमा उल्लेख किराँतका ३२ पुस्ताका राजाहरू रहेका र शासन अवधि १९६३ वर्ष आठ महिना उल्लेख पाइन्छ।
राजा यलम्बरले (ई.पू. ३०६१)मा गोपाल वंशी राजा भुवनसिंहको राजधानी मातातीर्थ माथी आक्रमण गरी किराँत राजवंशीय युगको प्रारम्भ गरेका थिए भन्ने विवरण पाइन्छ।
ई.पू.को ३०६१ वर्ष र आजसम्मको सन् २०२४ वर्ष लाई समायोजन गर्दा ५०८५ वर्ष हुन आउँछ तसर्थ हाल किराँतीहरूले मान्दै आएको किराँत संवत् यही सन २०२४ माघ १ गतेदेखि ५०८५ साल शुरु हुन्छ।

यलम्बर किराती जातीहरुको प्रथम राजा थिए। उनलाई महाभारतमा बर्बरीक नामले जानिन्छ,जस्ले गोपाल वंशको राजालाई पराजित गरि ३०६१ बी.सी मा काठमाण्डू उपत्यकामा किरात वंशको राज्य स्थापना गरेको थियो भन्ने इतिहासिक तथ्य पाइन्छ।
उसको किरात साम्राज्य पश्चिममा त्रिशूली नदी देखि पुर्वमा आधुनिक भारतको तिस्ता नदीतक फैलिएको थियो भन्ने इतिहासमा उल्लेख पाइन्छ त्यसै समय देखि आधुनिक उत्तर पुर्व भारतमा किरातीहरुको बसोवास रहेको थियो भन्ने अनुमान छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement