रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा पुग्यो सुकना युनाइटेड

photocollage_202411518579280.jpg

१५ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा सुकना युनाइटेड फूटबल क्लबले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा स्थान बनायो । सोमवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको शुरुवाती चरणको अन्तिम म्याचमा सुकना युनाइटेडले ३/९ जीआर, बेंगडुबीलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट विभास सौरियाले छैटौं, विजय तिग्गाले ६७औं र सुशिल नाइकले ८०औं मिनटमा गोल गरे। यसरी ३/९ जीआर-बाट शिव सुवेदीले मध्यन्तरको ठीक अघि अनि मनीष मल्लले ५१औं मिनटमा गोल गरे। सुकना युनाइटेडका सुशिल नाइकलाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने पहिलो प्री-क्वार्टर फाइनल म्याचमा एटीएस कलकत्ता र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-बीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा २० वटा शीर्ष टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २५ र २६ जनवरीमा खेलिनेछ। यसरी फाइनल २८ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *