सोनादा: सोनादा पचेङ समष्टीको सभासद अनोश थापा अनि डिभाइन ग्रुपको पहलमा आज सोनादादेखि मुण्डा सिडर्स जाने रोडको रमितेमा मर्मत कार्य गरियो। सभासद अनोश थापा आफै उपस्थित भएर मरमतिको कार्यमा सभागिता जनाएका थिए। यस कार्यमा डिभाइन ग्रुपका सदस्यहरू, लगायत सुखिया खण्ड समिती सहकारी सभापति मनखुश राई, पञ्चायत समिति सदस्य सुमन तामाङ, अनि अन्यहरू उपस्थित थिए। यस विषयमा सोनादा पचेङ समष्टीको सभासद अनोश थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।