जनभेट कार्यक्रमको दोस्रो दिन हजारौं जनतासँग मुख्यमन्त्रीले गरे भेट

IMG-20240114-WA0235.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गत केही दिन अघिदेखि विभिन्न निर्वाचन क्षेत्रमा पुगेर जनताको समस्या र गुनासो सुन्दै आइरहेका छन्। यसै क्रममा हिजोदेखि उनले अप्पर बुर्तुक निर्वाचन क्षेत्रका जनतासँग भेट गर्दै उनीहरूको समस्या र गुनासो सुन्दै आइरहेका छन्।

आज दोस्रो दिन पनि उनले सो निर्वाचन क्षेत्रका हजारौं जनतासँग भेट गर्दै उनीहरूले भोग्न परिरहेक विभिन्न प्रकारको समस्याबारे जानकारी लिए।

आज बिहान ९ बजीदेखि शुरु भएको जनता भेट कार्यक्रम अवधि उनले विभिन्न समस्याद्वारा ग्रसित मानिसहरूको आवेदन पत्र ग्रहण गरे। उनले सबैलाई शीघ्र समस्याको समाधान गरिदिने पनि बचन दिएका छन्। मुख्यमन्त्री तामाङले जन भेट कार्यक्रम अवधि विभिन्न पाठशाला, महाविद्यालय अनि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरूको शिक्षाको निम्ति आर्थिक सहयोग प्रदान गरे।

यो सँगै उनले बिमारीहरुलाई उपचार गर्न हेतु आर्थिक सहयोग प्रदान गरे साथै कतिपय बुजुर्ग अवस्थामा पुगेका बिरामीहरुलाई बाटो खर्चको पनि व्यवस्था गरिदिए। यसरी यस निर्वाचन क्षेत्रमा मुख्यमन्त्रीले आफ्नो बहुमूल्य समय दिएर जनताको गुनासो सुनिदिएकोमा अप्पर सिच्चेका पार्षद एवं एसकेएम नारी मोर्चाकी अध्यक्ष कला राईले मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गरेकी छन्। यसका साथै यस क्षेत्रमा विशेष गरेर व्यवसायीहरुले भोग्न परिरहेको विभिन्न समस्या मुख्यमन्त्री समक्ष राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement