२० जनवरीदेखि दुई दिवसीय मिथिला विभूति पर्व

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः कोलकातास्थित मैथिली भाषीहरूको सामाजिक संस्था मिथिला सेवा ट्रस्टको तत्वावधानमा प्रत्येक वर्ष आयोजित हुने मिथिला विभूति पर्व समारोह आगामी २० जनवरीदेखि बागुइआटीको जर्दाबागानस्थित बन्धु महल क्लब प्राङ्गणमा शुरू हुनेछ। दुई दिनसम्म चल्ने यो समारोहको शुभारम्भ सामूहिक हनुमान चालीसा पाठ एवं अखण्ड अष्टयाम संकीर्तनको साथमा हुनेछ।

दोस्रो दिन अर्थात २१ जनवरीमा मैथिलीका महान कवि विद्यापतिको स्मृतिमा मिथिला विभूति पर्व समारोहको आयोजन गरिने छ, जसको उद्घाटन वरिष्ठ समाजसेवी भोगेन्द्र झाले गर्नेछन्। सांसद सौगत राय एवं विधायक अदिति मुंशी समारोहका मुख्य एवं विशिष्ट अतिथि हुनेछ भने वैज्ञानिक र साहित्यकार डा. योगेन्द्र पाठक ‘वियोगी’ मुख्य वक्ता हुनेछन्। यस अतिरिक्त विधाननगर नगर निगमका मेयर परिषदका सदस्य देवराज चक्रवर्ती, तीन नम्बर बोडो चेयरपर्सन पियाली सरकार, समाजसेवी जीवेन्द्र मिश्र, बन्धु महल क्लबका अध्यक्ष कार्तिक घोषसहित अन्य गणमान्य व्यक्तिहरू उपस्थित हुनेछन्।

मिथिला सेवा ट्रस्टका संस्थापक अध्यक्ष रमाकन्त झाले भने, समारोहअघि गरीबहरूलाई कम्बल वितरण गरिने छ। समारोह अवधि व्याख्यात एवं साहित्यकार प्रीतम निषादलाई बाबू साहेब चौधरी सम्मान, कवि एवं गीतकार मैथिल प्रशान्तलाई मिथिला संकीर्तन मण्डली सम्मान, तथा लेखक एवं समाजसेवी महेन्द्र हजारीलाई जानकी संतति सम्मानले विभूषित गरिने छ। यस अतिरिक्त, सार्वजनिक भण्डारा, रंगारंग सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने छ।

-हिस

About Author

Advertisement