आईसीसी महिला विश्व कपको आयोजन अधिकार हासिल भयो भारतलाई

२७ जुलाईः अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले २०२४-देखि २०२७-बीच हुने महिला क्रिकेट टुर्नामेण्टहरूका आयोजकहरूको घोषणा गऱ्यो। यस अवधि चारवटा प्रमुख इभेण्ट हुनेछ। साल २०२५-मा महिला वनडे वर्ल्ड कप भारतमा खेलिनेछ। यसअघि २०१३-मा भारतमा महिला वर्ल्ड कपको आयोजन भएको थियो। यस टुर्नामेण्टमा ८ वटा टीमले हिस्सा लिनेछ अनि ३१ वटा म्याच खेलिनेछ। बर्मिंघममा भएको आईसीसीको वार्षिक आम बैठकमा यस्तो फसेला लिइयो। साल २०२४-मा महिला टी२० विश्व कपको आयोजन बंग्लादेशमा हुनेछ। यसअघि २०१४ महिला अनि पुरुष टी२० विश्व कप बंग्लादेशमा खेलिएको थियो। यसको आयोजन सेप्टेम्बर-अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा १० वटा टीमबीच जम्मा २३ वटा म्याच खेलिनेछ। अष्ट्रेलियाको महिला र पुरुष टीम दुवै टी२० विश्व कपको गत विजेता हो। साल २०२०-मा अष्ट्रेलियाले भारतलाई पराजित गरी विश्व कप जितेको थियो।
ईंग्ल्याण्डलाई २०२६ महिला टी२० विश्व कपको आयोजन अधिकार प्राप्त भएको छ। टुर्नामेण्टमा टीमहरूका संख्या बढ़ेर १०-बाट १२ हुनेछ। यी टीमहरूबीच जम्मा ३३ वटा म्याच खेलिनेछ। म्याचहरूका आयोजन जूनमा हुनेछ। पहिलो महिला टी२० विश्व कपको आयोजन पनि २००९-मा ईंग्ल्याण्डमै भएको थियो। ईसीबी-का अन्तरिम सीईओ क्लेयर कनरले भने, आईसीसी महिला टी२० विश्व कप २०२६-को आयोजकको रूपमा चयन गरिएकोमा हामी खुशी छौं। यसको साथमा पहिलोपल्ट महिला च्याम्पियन्स ट्रफीको पनि आयोजन हुनेछ। पुरुष क्रिकेटमा च्याम्पियन्स ट्रफीको आयोजन पहिला पनि भएको हो तर महिला क्रिकेटमा यस टुर्नामेण्टलाई टी२० प्रारूपमा खेलिनेछ। टुर्नामेण्टको आयोजन अधिकार श्रीलंकालाई प्राप्त भएको छ। यसको निम्ति क्वालीफाईंग म्याचहरू पनि खेलिनेछ। म्याचहरू फरवरी २०२६-मा खेलिनेछ। यसमा ६ वटा टीमबीच १६ वटा म्याच खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement