राहुल गाँधीको भारत जोडो न्याय यात्रामा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स सामेल

IMG-20240114-WA0215.jpg

गोर्खाहरूको मुद्दा राष्ट्रिय दलको नेताहरू समक्ष राख्ने मेरो जमर्को हो: एडवर्ड

दार्जीलिङ: राहुल गाँधीको भारत जोडो न्याय यात्रामा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पनि भाग लिएका छन्। मणिपूर राज्यको राजधानी इम्फालदेखि सांसद राहुल गाँधीको भारत जोडो न्याय यात्रा आजदेखि शुरू भएको छ। भारत जोडो न्याय यात्रामा अंश ग्रहण गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स हिज शनिबार नै इम्फाल पुगेका थिए। हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्सले भारत जोडो न्याय यात्रालाई झण्डा फहराउनु अघि मणिपुरको पार्टी मुख्यालयमा १५ वर्षको उल्लेखनीय कार्यकाल पूरा गरिसकेका मणिपुरका पूर्व मुख्यमन्त्री ओकराम इबोबी सिंहसँग भेट गरेका छन्।

हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आसाम राज्यको पूर्व मुख्यमन्त्री तरूण गोगाईकाे छाेरा गाैरव गाेगाई र योगेन्द्र यादव, कांग्रेसको वरिष्ठ सांसद एंव वरिष्ठ कांग्रेसी नेता जय राम रमेश, विधायक त्रिपुरा र वीपी सिंह एआईसीसी इन्चार्ज पश्चिम बंगाल आदिसँग भेट गरेका छन्। यस सन्दर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भारत जोडो न्याय यात्राको माध्यमद्वारा गोर्खा समुदायको संवैधानिक मांग र राष्ट्रिय सुरक्षाको विषयलाई राष्ट्रिय स्तरमा उठाउने मेरो मुख्य लक्ष्य हो भनी बताए। उनले हामी भारतीय गोर्खाहरूले आफ्नो जातीय सुरक्षा र जातीय चिन्हारीको मांग विगत धेरै वर्षदेखि गर्दै आईरहेका छौं अनि हामी उठाउँदै आएको मांग संवैधानिक मांग रहेको भएता पनि आजसम्म हामी गोर्खाहरूले न्याय पाउँन सकेको छैनौ। त्यसैले यी विषयहरू राष्ट्रिय दलको नेताहरू समक्ष राख्ने मेरो यो अर्को जमर्को पनि हो भनी बताएका छन्।

हाम्रो पार्टी अध्यक्ष एडवाडर्सले अझ भने, ‘गोर्खाहरूको युगौं पूरानो मांगलाई राष्ट्रिय नेताहरूसँग साझा गरेर राष्ट्रिय स्तरमा गोर्खाहरूको संवैधानिक मांगलाई जोरदारको साथ आवाज उठाउँटने साथै समर्थन जुटाउने मेरो चाहना हो।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement