भागोप्रमोद्वारा दुई दिवसीय चेतनामूलक सङ्गोष्ठी साथै कार्यशाला सम्पन्न

IMG-20240114-WA0217.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा आईतबारदेखि धारावाहिक रूपमा विभिन्न क्षेत्रमा पार्टी कार्यकर्ताहरूलाई लिएर चेतनामूलक कार्यशाला आरम्भ भएको छ। यसै क्रममा २६ नम्बर सुकुना पानीघट्टा समष्टि अन्तर्गत बेलगाछी चियाबारीमा १३ अनि १४ जनवरीमा दुई दिवसीय चेतनामूलक सङ्गोष्ठी साथै कार्यशाला सम्पन्न भयो। यस सङ्गोष्ठीमा केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशमा गठित समितिका सदस्यहरूमा भागोप्रमो केन्द्रीय कार्यालय सचिव नवीन गुरूङ, केन्द्रीय प्रवक्ता एसपी शर्मा, केन्द्रीय युवा शक्ति महासचिव सदीप प्रधान, सह सचिव गुरदीप सुब्बा, केन्द्रीय युवा उपाध्यक्ष डा योगेश पन्त साथै सदस्य स्वरूप थापाको टोलीद्वारा स्थानीय युवाहरूलाई लिएर दुई दिवसीय चेतनामूलक कार्यशाला सम्पन्न गरियो।

सदीप प्रधानद्वारा सञ्चालित यस कार्यशालामा नवीन गुरूङ अनि एसपी शर्माद्वारा युवाहरूलाई स्वावलम्बी बन्न गाई पालन, कृषि, बागवानी, लघु उद्योग, लघु खाद्य प्रशोधन हरितगृह खेती (पोली हाउस), माछा पालन आदि लगयत विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। यस कार्यशालामा २६ नम्बर समष्टि सभासद परेश तिर्की, समष्टिका सभापति साथै अन्य पदाधिकारीवर्ग अनि युवाहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement