‘भारतीय नेपाली साहित्यका स्रष्टा-द्रष्टाहरू’ बिमोचन

1b5bdbd5-2d79-4f8f-9cfa-056c614ceca6

बाग्राकोट: डुवर्सका वरिष्ठ साहित्यकार गोपालसिंह विश्वको पाँचौँ कृति ‘भारतीय नेपाली साहित्यका स्रष्टा-द्रष्टाहरू’ हिज तिनकै निवास बाग्राकोटमा बिमोचित भयो। साहित्यकारहरू अशोक रोका, शङ्कर प्रधान, मदन खड्का, गङ्गाप्रसाद प्रधान, क्याप्टेन (अ.प्रा.) खगेन्द्र शर्मा, समालोचक रूपेश शर्मा र लेखक स्वयंका बाहुलीबाट पुस्तकको विमोचन गरिएको थियो। विमोचनपछि उपस्थित वक्ताहरूले लेखक विश्वलाई बधाई दिँदै उनको ऊर्जा, लेखन स्तर र अनुसन्धानमूलक काममा उनको एकाग्रताको सराहना गरे। अनुसन्धानपरक लेखनमा उनको रुचिले नेपाली समाज लाभान्वित हुँदै आएको वक्ताहरूको भनाइरहेको छ। गोपालसिंह विश्वका ‘युग र मान्छे’ (कविता सङ्ग्रह-२०१३), ‘ब्रह्माण्ड र पृथ्वी’ (विज्ञानपरक लेख सङ्ग्रह-२०१७), ‘सन्दर्भ: डुवर्स र गोर्खाहरू’ (ऐतिहासिक तथा सामयिक लेख सङ्ग्रह-२०१८) र ‘डुवर्सका केही साहित्यिक व्यक्तित्वहरू’ (जीवनी सङ्ग्रह-२०२०) कृतिहरू प्रकाशित रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement