वातावरण प्रदुषित हुन नदिने सन्देशसहित नदी किनारमा पूजापाठ तथा पिकनिकको आयोजना

848fe269-c651-4bcb-a7c5-2e6364422def


जलपाइगढीः प्रत्येक वर्ष पिकनिकको समयमा वनसँगै रहेका विभिन्न खोलाको वातावरण गम्भीर रूपमा प्रदूषित हुने गरेको छ। विभिन्न पिकनिक स्थलमा पिकनिक गर्न आउनेहरूको समूहले सिसाका बोतल, प्लाष्टिक, खाद्यान्न लगायतका फोहोर फालेर वातावरण प्रदूषित गरिरहेका छन्। यसमा वन्यजन्तुसँगै मानवले पनि घाटा बेहोर्नु परेको छ। त्यसैले सर्वसाधारणमा चेतना अभिवृद्धिका लागि पिपिएस र मैनागढी रोड हरि मन्दिर समितिको पहलमा आज रामशाई जलढाका नदीमा प्रकृति पुजाको आयोजना गरियो। यहाँ प्रकृतिलाई भगवान मानेर पूजा गरिन्छ। यस पूजामा विभिन्न सन्त र इस्कन सदस्यहरूसहित २५२ भक्तहरू सहभागी थिए।

पूजाको अन्त्यमा शाकाहारी र प्लास्टिकमुक्त पिकनिक आयोजना गर्ने बारे सचेत गराइएको थियो। मानिसहरूलाई केराको पात र माटोको गिलास प्रयोग गर्न सकिन्छ भनेर भनिएको थियो। यस पूजामा विभिन्न सन्त र इस्कन सदस्यहरू सहित २५२ भक्तहरू सहभागी थिए। पूजाको अन्त्यमा शाकाहारी र प्लास्टिकमुक्त पिकनिकको आयोजना गरियो। केराको पात र माटोको गिलास प्रयोग गरियो। पिपिएसका तर्फबाट नन्दु रोयले वातावरण प्रदूषण नियन्त्रणको सन्देश सर्वसाधारणमा पुर्‍याउन यो पहल गरिएको बताए। उनले प्रदुषण नियन्त्रण गरी पिकनिक मनाउन आम नागरिकलाई अनुरोध समेत गरेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *