फोहोर मैला फ्याँक्नलाई खरसाङ नगरपालिका क्षेत्रमा रेट बढ्ने

IMG-20240112-WA0202.jpg

मैला फ्याँकेको स्पिलबिना नगरपालिकाको सहुलियतहरू नपाउने: सुवास प्रधान

खरसाङ: नगरपालिकाद्वारा अबदेखि फोहोर मैला उठाउन प्रत्येक घरबाट ३० रपियाँबाट बढ़ाएर ५० रूपियाँ बनाएको छ। त्यसको साथमा अब नगरपालिका क्षेत्रका जनताले नगरपालिकाबाट पाउने विभिन्न सहुलियतहरू जस्तै स्थायी वासिन्दाको प्रमाण पत्र, जन्म प्रमाण पत्र, मृत्यु प्रमाण पत्र, आयको प्रमाण पत्र, फ्यामिली ट्री सबैको लागि फोहोर मैला फ्याँकेको स्लिप अनिवार्य रूपमा ल्याउनु पर्ने भएको छ। मैला फ्याँक्नलाई तिरेको स्लिप छ भने मात्रै नगरपालिकाबाट पाउने सहुलियतहरू पाउन सक्ने भएको यो आगामी महिना फरवरीदेखि लागु भएको छ। फोहोर मैला फ्याँक्नलाई प्रत्येक घरबाट ५० रुपियाँ संकलन गरिनेछ भने होटल, दोकान, होम स्टे, सपिङ महलबाट विभिन्न रेट लागु हुने भएको छ। उक्त कुरलाई सचेत गराउन आज खरसाङको वार्ड नम्बर १४ मा नगरपालिकाको आयोजनामा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त जनचेतना कार्यक्रमलाई नगरपालिका उपाध्यक्ष सुवास प्रधान र नगरपालिकाको सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बाले वक्तव्य राखेका थिए। दुवैले खरसाङ नगरपालिका क्षेत्रमा फोहोर मैला फ्याँक्नलाई बढेको रेट चार्ट जारी गर्दै खरसाङ शहरलाई सफा र स्वाच्छ राख्ने विषयमा सचेतना गराएका थिए। उक्त जनचेतना कार्यक्रममा व्यवसायी संगठनका सदस्यहरू, स्थानीय समाजको प्रतिनिधिहरू र स्थानीयहरू पनि उपस्थित रहेका थिए। पछिबाट पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले नयाँ रेट जारी गरिएको र प्रत्येक घरबाट फोहोर मैले संकलनको लागि ३० रुपियाँबाट बढ़ाएर ५० रुपियाँ बनाएको अनि अन्य स्थानको लागि रेट विभिन्न प्रकारको रहेको बताएका छन्। उनले खरसाङ शहरलाई सुन्दर र स्वच्छ राख्नलाई जनताले पनि नगरपालिकालाई सहयोग गर्नेछ भनी आशा रहेको बताएका छन्। नगरपालिका उपाध्यक्ष सुवास प्रधानले नगरपालिका ऐन अनुसार र सरकारको रेट अनुसार नै यो लागु गरिएको र यस नयाँ रेट विषयमा खरसाङ बजारको विभिन्न स्थानहरूमा पहिलेबाटै नोटिस टाँसेर जनतालाई जानकारी गराएको र यस विषयमा कसैलाई केही सुझाव दिन परे दिन सक्ने भनिए पनि कसैले सुझाव नदिएकोले अब यो नयाँ चार्ट लागु गरिएको बताए। उनले अब नगरपालिकाबाट पाउने विभिन्न सहुलियतहरूको लागि फोहोर मैला फ्याँक्नलाई तिरेको स्लिप पनि अनिवार्य रूपमा ल्याउनु पर्ने नत्र सहुलियतहरू नपाउने पनि जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *