टिस्टा भेल्ली मिनी पोस्ट फुटबल टुर्नामेन्ट: एमएमसी र सिरबारी स्पोर्टिङ क्लब विजयी

photocollage_2024113834950.jpg

टिस्टा भेल्ली: टिस्टा भेल्ली बजार गाउँ शान्ति समाजका युवाहरूद्वारा आयोजित मिनी पोस्ट फुटबल टुर्नामेन्ट अन्तर्गत आज खेलिएको पहिलो चरणको रोमाञ्चक म्याचमा रंगली जिम्बा धुरालाई अतिरिक्त समयमा पराजित गरेर एमएमसी, टिस्टा भेल्ली दोस्रो चरणमा प्रवेश गरेको छ। उक्त खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्दै दर्शकवर्गको मन जित्न सफल बनेका विजय टोलीका पुजन तामाङलाई ‘म्यान अफ् द म्याच’ छनौट गरेर परितोषिक प्रदान गरियो। यसैगरी, आजको दोस्रो म्याचमा सिरबारी स्पोर्टिङ क्लब बनाम वाईबीसी बी टोलीमाझ सम्पन्न भयो, जसमा सिरबारी स्पोर्टिङ क्लब ३-२ गोलले विजयी बन्यो। उक्त खेलमा विजय टोलीका खेलाडी विशेष तामाङलाई ‘म्यान अफ् द म्याच’ ट्रफी प्रदान गरियो। अर्कोतिर, अण्डर १५ फुटबल प्रतियोगिता अन्तर्गत टिस्टा भेल्ली बजार गाउँस्थित ज्ञानोदय एसएसके खेल मैदानमा खेलाइएको मिनी पोस्ट फुटबल म्याचमा आज दोकान गाउँ स्पोर्टिङ क्लबलाई बरपीपल स्पोर्टिङ क्लबले २-१ गोलले पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेको छ। उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो टोलीलाई विजय बनाउने खेलाडी विजय तामाङलाई ‘म्यान अफ् द म्याच’ छनौट गरेर आकर्षक पारितोषिक प्रदान गरियो। फुटबल प्रतियोगिताको आयोजक समितिका सुदिप कार्की अनि विश्वास छेत्रीले दिएको जानकारी अनुसार युवाहरूलाई मादक पदार्थ तथा ड्रग्स जस्ता कुलतबाट टाढा राख्ने अनि स्कुलको विदाको समय हाल नानीहरूलाई मोबाइलको लतबाट टाढा राखेर खेलकुदमा प्रोत्साहित गर्ने उद्देश्य लिएर उक्त मिनी पोस्ट फुटबल प्रतियोगिताको आयोजना गरिएको हो। यस प्रतियोगिता अन्तर्गत अन्डर १५ समूहमा २० वटा टोली अनि सिनियर समूहमा ५० वटा स्थानीय लगायत वरिपरीका नामी-दामी टोलीहरूले अंशग्रहण गरेका छन्।

प्रतियोगोगितामा विजयी टोलीलाई नगद ४० हजार लगायत आकर्षक ट्रफी अनि पराजित टोलीलाई नगद २० हजार सहित आकर्षक ट्रफी प्रदान गरिनेछ। यसको साथै प्रतियोगिताको अन्तिम फाइनल खेल आगामी ११ फरवरीको दिन विविध रंगारंग कार्यक्रमको साथमा सम्पन्न गरिने बताइएको छ।

About Author

Advertisement