डा. सुशोभन बन्दोपाध्यायको निधनप्रति मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा शोक प्रकट

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले गरिब बिरामीहरूका मसीहा ‘एक रुपियाँका डाक्टर’ भनेर चिनिने डा. सुशोभन बन्दोपाध्यायको निधनमा शोक व्यक्त गरेकी छिन्। आफ्नो ट्विटमा मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, “परोपकारको पर्यायवाची डा. सुशोभन बन्दोपाध्यायको निधनको खबर सुनेर अत्यन्तै दु:खी छु। मेरो गहिरो समवेदनाl’ यो उल्लेखनीय छ कि ‘एक टकार डाक्टर’ र पद्मश्री पुरस्कार विजेता ८४ वर्षीय डा. बन्दोपाध्याय लामो समयदेखि उमेर सम्बन्धी रोगबाट पीडित थिए र कोलकाताको एक अस्पतालमा भर्ना भएका थिए। जहाँ उनको मङ्गलबार निधन भएको हो।

बोलपुरका विधायक रहेका डा. बन्द्योपाध्यायले विगत ५७ वर्षदेखि सर्वसाधारणको सेवा गर्ने वाचा लिएर बिरामीको उपचार गर्दै आएका थिए। उनको मानवीय सेवाको लागि भारत सरकारले उनलाई पद्मश्रीले सम्मान गरेको थियो। सबैभन्दा धेरै बिरामीको उपचार गर्ने डा. बन्द्योपाध्यायको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश हुने भएको छ। उनले २० लाखभन्दा बढी बिरामीको उपचार गरेका छन् र यो विश्व कीर्तिमान होl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement