कोविड़ बङ्गाल: आज कोरोनाको १,२३२ नयाँ मामिला, २,५९५ जना भए कोरोनामुक्त, ७ जनाको मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,२३२ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले ७ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा २,५९५ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २०,८७,७१५ जना कोरोनाले संक्रामित भएको छन् भने २०,४५,०९४ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,३३४ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा १३,६१६ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,९१८,८६४ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९७.९६℅ र सकारात्मक दर ९.०९℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,२२३,७९२ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

Advertisement