सिक्किम सरकारले गान्तोकमा ‘विजय मणि थुलुङ आर्ट ग्यालरी एण्ड एकाडेमी’ स्थापना गर्ने

IMG-20230410-WA0169-11-300x172-2

गान्तोक: सिक्किम सरकारले राजधानीमा ‘विजय मणि थुलुङ आर्ट ग्यालरी एण्ड एकाडेमी’ को स्थापना गर्ने बताएको छ। राज्य गृह विभागले ८ जनवरी, २०२४ का दिन जारी गरेको एक अधिसूचनामा उक्त जानकारी गराइएको छ।

अधिसूचना अनुसार, राज्य सरकारले गान्तोकमा एउटा संस्थानको स्थापना गर्नेछ जसलाई ‘विजय मणि थुलुङ आर्ट ग्यालरी एण्ड एकाडेमी’ भने चिनिने छ। संस्थानलाई आवश्यक पूर्वाधार सिक्किम सरकारले उपलब्ध गराउने बताएको छ।

राज्य सरकारको यो पहलले विजय मणि थुलुङका उदाहरणीय कार्यहरूलाई सम्मान गर्ने तथा राज्यमा कला र संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखेको अधिसूचनामा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement