राज्यपाल सीवी आनन्द बोस बुधवार गंगासागर जाने

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः राज्यपाल सीवी आनन्द बोस आफ्नो परिवारको साथमा गंगासागर मेला जानेछन्। उनी त्यहॉं दुई दिने बस्नेछन्। राज्यपाल बुधवार बिहान नौ बजी हावडाको डुमुरजलाबाट हेलीकप्टरमा प्रस्थान हुनेछन्। त्यस अघि मंगलवार राज्यपाल रातिसम्म सागर मेला पुग्नेछन्।

राजभवन सूत्रहरू अनुसार, राज्यपालको गंगासागर यात्राको विवरण र सुरक्षा सुनिश्चित गर्न दक्षिण २४ परगना जिल्ला प्रशासनलाई हिजो नै सूचना दिइएको छ। सरकारले राज्यपाललाई हेलीकप्टर उपलब्ध गराएको छ।

विशेषज्ञहरू अनुसार, सन्देशखाली काण्डमा कडा कारबाही र वीसीको नियुक्तिमा टकराउबिच राज्यपाललाई हेलीकप्टर उपलब्ध गराएकाले राजभवन र नवान्नबिच सम्बन्ध केही हदसम्म सहज बनेको छ। सूत्रहरू अनुसार, राज्यपाल गंगासागर जानेछन् र दुई दिनसम्म त्यहॉं बस्नेछन्। उनी ११ जनवरीमा कोलकाता फर्किने छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement