गान्तोक: रामोत्सव समितिका कार्यकारी सदस्यहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङमा भेट गरेर आफ्नो पहलहरूको बारेमा जानकारी गराए। रामोत्सव समितिका सदस्यहरूले आगामी २२ जनवरीको दिन राजधानीको एमजी मार्गमा कार्यक्रम आयोजना गर्ने जानकारी गराए।
उक्त दिन उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न गरिने छ।
राजधानीमा आयोजना गरिने कार्यक्रममा पूजा, आरती, शोभा यात्रा र राम जानकी लगायत अयोध्यामा सम्पन्न गरिने कार्यक्रमहरूको लाइभ टेलिकास्ट गर्ने योजना रहेको बताए। सिक्किम राज्य पनि यस महत्वपूर्ण अवसरमा देशसॅंगै सामेल बन्न तयार रहेको बताइएको छ।