उस्ताद राशिद खानको निधनमा शुभेन्दुले शोक व्यक्त गरे

IMG-20240109-WA0224.jpg

कोलकाताः विख्यात शास्त्रीय संगीतकार उस्ताद राशिद खानको निधनमा वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले शोक व्यक्त गरेका छऩ्। ५५ वर्षीय राशिद खानको निधनको खबर आउनसाथ शुभेन्दुले माइक्रो ब्लगिङ साइट एक्समा मंगलवार एक पोस्ट गरे।

उनले लेखे, पद्म भूषण उस्ताद राशिद खानको निधन भएको सुनेर साह्रै नै दुःख लागेको छ। उनको दुःखद र असामयिक निधनले विशेष रूपमा भारतीय शास्त्रीय संगीतको क्षेत्रमा एक ठूलो शून्य बनेको छ। म उनको परिवारका सदस्यहरू, सहकर्मीहरू र साथीहरू र असंख्य प्रशंसकहरूप्रति आफ्नो हार्दिक समवेदना व्यक्त गर्दछु। उनको आत्मालाई शान्ति पाओस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement