नियुक्ति भ्रष्टाचार मामिलामा प्राथमिक शिक्षा परिषदका सचिवलाई सीबीआईले फेरि सोधपुछको निम्ति बोलायो

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः राज्यको चर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा प्राथिक शिक्षा परिषदका पूर्व सचिव रत्ना चक्रवर्ती बागचीलाई एक पल्ट फेरि केन्द्रिय एजेन्सी सीबीआईका अधिकारीहरूले सोधपुछको निम्ति बोलाएको छ। उनलाई आगामी सोमवार हाजिर हुनु भनिएको छ।

जब माणिक भट्टाचार्य प्राथमिक शिक्षा बोर्डका अध्यक्ष थिए, तब रत्ना सचिवको रूपमा कार्य़रत थिए। यसअघि कलकत्ता हाईकोर्टका न्यायाधीश न्यायमूर्ति अभिजीत गंगोपाध्यायको आदेशमा उनी सीबीआई कार्यालयमा उपस्थित भएका थिए। रत्नाका साथै प्राथमिक शिक्षक भर्तीको निम्ति उत्तर पुस्तिकाहरू वा ओएमआर शीटको मूल्याङ्कनको निम्ति जिम्मेवार कम्पनी एस बसु रोय एण्ड कम्पनीको एक कर्मचारीलाई पनि बोलाइएको छ।

केन्द्रिय जाँच एजेन्सीको सूत्रहरू अनुसार, जाँचमा उसलाई धेरै नयाँ जानकारीहरू प्राप्त भएको छ। उनलाई दस्तावेजहरूको सत्यापनको निम्ति सोधपुछको निम्ति बोलाइएको छ। अर्कोतिर, सीबीआईले एस बसु रोय एण्ड कम्पनीले अयोग्य मानिसहरूलाई नौकीर दिलाउनमा महत्वपूर्ण भूमिका निभाएको दाबी गरेको छ। यसअघि सीबीआईले यस संस्थाका दुई मालिक कौशिक र पार्थलाई पक्राउ गरेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement