७औँ बक्सा बर्ड फेस्टिभलको समापन

9362ff16-83cc-4435-a8bf-d4cc9dcc7a32


कालचिनीः चरा अवलोकन अर्थात ७औँ बक्सा बर्ड फेस्टिभलको तीन दिवसीय शिविर मंगलबार सफलरुपमा समापन भयो।
तीन दिवसीय बर्ड फेस्टिभलमा कुल २२६ वटा चराको अभिलेखीकरण गरिएको बक्सा ब्याघ्र प्रकल्पको अधिकारीहरूले जनाएका छन्। तीन दिवसीय शिविरमा ३ वटा नयाँ प्रजातिका चराहरू दस्तावेज गरिएको छ जुन बक्सा बर्ड फेस्टिभलको सूचीमा नै थिएनन्।
ती तीनवटा प्रजातिमा सिनेरियस टिट, यूरेशियन शौक र मार्स स्यान्डपाइपर रहेको खुलासा गरिएको छ। उक्त तीन दिवसीय बर्ड फेस्टिभलमा नेचर/पर्यटक गाइडहरूका लागि पनि कार्यशालाको आयोजना गरिएको थियो। साथै विद्यालयका विद्यार्थीहरूका लागि सिट एण्ड ड्र र क्विज प्रतियोगिताको आयोजना पनि गरिएको थियो जसमा ८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। मंगलबार समापन समारोहमा पीसीसीएफ उज्जवल घोषले वन्यजीव संरक्षणमा योगदान पुऱ्याउने बक्सा टाइगर रिजर्भका १२ जना क्षेत्रीय कर्मचारीहरूलाई पनि सम्मान प्रदान गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *