नाम्ची जिल्लामा जिल्ला पञ्चायतहरूको संयुक्त बैठक सम्पन्न

IMG-20240109-WA0230.jpg

नाम्ची: नाम्ची जिल्लाको जिल्ला पञ्चायत भवनमा आज जिल्ला पञ्चायतहरूको एक संयुक्त बैठक सम्पन्न भयो। जिल्ला अध्यक्ष अञ्जिता राजालिमको अध्यक्षतामा सम्पन्न बएको बैठकमा विभिन्न विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकको मुख्य उद्देश्य ग्रामीणस्तरमा वित्त आयोगका विषयमा छलफल गर्नु रहेको थियो।

बैठकमा लेखा शाखाका असिम थापाले वर्ष २०२३-२४ को लागि १५औं वित्त आयोग र ५औं वित्त आयोग अन्तर्गत एनडीजेपीले प्राप्त गरेको अनुदानबारेमा बैठकमा अवगत गराए। सो बैठकमा उनले जेटीसीको दोस्रो र तेस्रोको योजनाबारे प्रस्ताव राखे। बैठकको सारांशबारे अवगत गराउँदै जिल्ला अध्यक्ष राजालिमले एनडीजेपीको नैतिक कार्य र संस्कृति ल्याउनको लागि समन्वयमा काम गर्न सबैलाई आग्रह गरिन्, उनले पाँचौ एसएफसी र १५औं एफसीद्वारा प्रदान गरिएको अनुदान अन्तर्गतका सबै योजनाहरू, निर्माण र जनकार्य गर्न सफल बनेको बताइन्।

बैठकमा उपस्थित सबैलाई सामाजिक उत्थानमा परिवर्तनहरू गर्नका लागि पूर्वाग्रह नराखी काम गर्नुपर्ने आग्रह गरेकी छन्। उनले बजेटको ६० देखि ७० प्रतिशत बजेट पूर्वाधार निर्माण र विकासमा केन्द्रित गर्न पनि सुझाउ दिएकी छन्।

About Author

Advertisement