वीरपाडा: वी केयर सामाजिक संस्थाद्वारा आज दुम्सीपाडा चियाबारीको असहाय मानिसहरूलाई ब्ल्याङ्केट, कम्बल आदि निशुल्क वितरण गरियो। कार्यक्रममा संस्थाका अध्यक्ष सुजित लामा, सचिव उजाला लामा कोषाध्यक्ष रञ्जिता बम्जन, सल्लाहकार निरूपा तितुङ, अनकोश मोक्तान, सचिन छेत्री, पञ्चायत सदस्य देवेन्द्र तामाङ, विकास मोक्तानको उपस्थितिमा प्रायः २५ परिवारलाई घरमा नै गएर कम्बल वितरण गरियो। विशेष समाजसेवी राकेश राईद्वारा जाडोमा मानिसहरूलाई कम्बल वितरण वितरण गरोस् भनी इजराइलबाट आर्थिक सहयोग प्रदान गरे पछि हामी वी केयर संस्थाद्वारा आज निशुल्क कम्बल वितरण गरिएको संस्थाका अध्यक्ष सुजित लामाले बताए।










