तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट: मित्र संघलाई पराजित गर्दै हिरो बजार फाईनलमा

IMG-20240109-WA0200.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा ब्रदरवुड तीनधारेको आयोजनामा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको दोस्रो सेमी फाईनलमा मित्र संघ गोलाई पाखालाई पराजित गरी हिरो बजार फाईनलमा प्रवेस गरेको छ। आज भएको दोस्रो सेमी फाईनल खेलमा मित्र संघले टस जितेर जितेर पहिला ब्याटिङ गर्दै १४ ओभर २ बलमा अल आउट भएर ७९ रन बनाएको थियो। मित्र संघको पक्षमा राजीव प्रधानले २१, उत्तम विश्वकर्मले १४ र बिग्नेश्वरले ७ रन बनाएका थिए भने हिरो बजारको पक्षमा रोहण गुरुङले ३ विकेट अनि विकास दास, दिपेज गजमेर र भोलेद्वारा २-२ विकेट अनि विवेक दर्नालले एक विकेट लिएका थिए। ७९ रनोक लक्ष्यलाई खेदो गर्दै हिरो बजार तीनधारेले ११ ओभर ५ बलमा ५ विकेट गुमाएर लक्ष्य हाँसिल गरेका थिए। हिरो बजारको पक्षमा रोहण गुरुङले २८, विवेक दर्नालले १८ र शिवराज मंगरले १६ रनको योगदान दिएका थिए।

आजको दोस्रो सेमी फाईनल खेलमा बलिङमा ३ विकेट र ब्याटिङमा पनि सर्वाधिक २८ रन बनाउने हिरो बजारका खेलाड़ी रोहण गुरुङ म्यान अफ् द म्याच चयन भएका छन्। अब तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको फाईनल खेल आगामी १४ जनवरीको दिन हिरो बजार र युवराज ईलेभेनमाझ हुने भएको छ। आजको खेल विषयमा आयोजक समितिको पक्षमा शुभम प्रधानले विस्तृत रूपमा बताएका छन्।

About Author

Advertisement