कोलकाता: सडकमा बढिरहेको यातायात दबाउलाई कम गर्न र प्रदूषणको समस्याबाट छुटकाराको निम्ति बनारस र अयोध्याको निम्ति दुईवटा इलेक्ट्रिक संचालित क्रूज वेहिकल कटमरेन प्राप्त भएको छ।
केन्द्रिय बन्दरगाह, जलमार्ग एवं जहाजरानी मन्त्री सर्वानन्द सोनोवालले दुवै क्रूज वेहिकललाई कोलकाताबाट बनारस र अयोध्याको निम्ति सोमवार सॉंझ प्रस्थान गराएका छन्। क्रूज वेहिकलहरू २२ जनवरीभन्दा अगावै दुवै शहर पुग्नेछन्।
कोलकातामा इनल्याण्ड वाटर डेभलपमेन्ट काउन्सिलको पहिलो बैठक पनि भयो। उक्त जानकारी उत्तर प्रदेशको परिवहन राज्य मन्त्री (स्वतन्त्र प्रभार) दयाशंकर सिंहले दिएका हुन्। उनले भने, यो कटमरेनमा ७५ देखि १०० जना बस्न सक्ने क्षमता छ। एउटा कटमरेनको दाम लगभग १६ करोड रूपियॉं हो।
उनले अझ भने, केन्द्र र राज्यमा मिलेर कुल १११ इनल्याण्ड वाटर वेज छन्, जसमा ११ युपीमा छन्। उनले इनल्याण्ड वाटरवेजको एउटा राम्रो स्कोप उत्तर प्रदेशमा रहेको बताए। यसले नदी किनारमा बस्ने किसानहरूलाई फाइदा पुग्ने बताउॅंदै किसानहरूले आफ्नो उत्पाद कम लागत र समयमा बजारसम्म पुऱ्याउने सक्ने उनले बताए।











