आम चुनाउको रणनीतिलाई लिएर सभा सम्पन्न

IMG-20240108-WA0261.jpg

नाम्ची: नाम्ची जिल्ला चुनाउ अधिकारीले पहिलो पल्ट आगामी दिनमा सम्पन्न हुने आम चुनाउलाई लिएर समन्वय सभा आयोजना गऱ्यो। नाम्ची जिल्लाका जिल्लापाल एवम चुनाउ अधिकारी अन्नपूर्ण आलेको अध्यक्षतामा सम्पन्न भएको सभामा आगामी दिनमा सम्पन्न हुने आम चुनाउको रणनीतिबारे चर्चा परिचर्चा गरे। उक्त सभामा महकुमा अधिकारी, अतिरिक्त जिल्लापाल लगायत नोडल अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभामा जिल्लापालले नोडल अधिकारीहरूको भूमिका र जिम्मेवारीहरूको रूपरेखा प्रस्तुत गरिन्। उनले 2024 मा सहज आम निर्वाचन प्रक्रियालाई सम्बोधन गर्न आवश्यक पर्ने महत्त्वपूर्ण कारक र चुनौतीहरूलाई जोड दिइन्। उनीहरूको विशिष्ट भूमिका र जिम्मेवारीबारे पनि जिल्लापालले जानकारी गराइन्।

About Author

Advertisement