देन्ताममा एसकेएमको समष्टिस्तरीय सांगठनिक एवं आमसभा सम्पन्न

IMG-20240108-WA0259.jpg

गेजिङ: सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समष्टिस्तरीय सभा आज मानेबुङ – देन्ताम समष्टिको देन्ताममा सम्पन्न भयो। पार्टीको सांगठनिक प्रकोष्ठद्वारा आयोजन गरिएको सभामा मानेबुङ -देन्तामका आम जनताको उपस्थित रहेको थियो। मन्त्री लोकनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको सभामा स्रोतवक्ताको रुपमा जोरथाङ नगर पञ्चायतका अध्यक्ष पवित्र मानव रहेका थिए। यसबाहेक लोकसभा सांसद इन्द्रहाङ सुब्बा, सूचना एवं जनसम्पर्क विभागीय सल्लाहकार बिरेन्द्र ताम्लिङ, समष्टिका प्रभारी पूर्णहाङ सुब्बा, गेजिङ जिल्लाका मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसूदन शर्मा, सल्लाह, अध्यक्ष, जिल्ला अनि ग्राम पञ्चायतका सदस्य लगायत क्षेत्रका पार्टी कार्यकर्ता र आम जनताको उपस्थित रहेको थियो।

मुख्य वक्ताको रुपमा रहेका अध्यक्ष पवित्र मानवले सभालाई सम्बोधन गर्दै सिक्किमे जनताले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई २०२४ मा सरकारमा ल्याउने निश्चित भएको बताएका छन्। उनले वर्तमान सरकारले नियमित रुपमा जनताको काम गरिरहेको अवगत गराए। एसकेएम पार्टीको समावेशी राजनीतिले रमाइलो गाउँ रमाइलो समाज र रमाइलो राज्यको निर्माण गरेको उल्लेख गर्दै अझै २०२४-मा ३२-मा ३२ आसनमै जीत हासिल गर्ने बताए। हालै सिक्किमको एक राजनीतिक दलले साकेला महापर्वलाई राजनीतिकरण गरेर जातीय एकता धमिलो पार्ने षड्यन्त्र गरेको दावी गर्दै उनले कसैको धर्म अनि आस्थामा राजनीति गरेर सत्ता हाँक्न खोज्ने राजनीतिक दलको पुरानो चरित्र सिक्किमेली जनसमुदायअघि पुनः उदाङ्गो भएको दावी गरे। योसँगै उनले अब सिक्किमे जनताले कुनै अन्योलमा नपर्ने आह्वान गरेका छन्।

कार्यक्रमका अध्यक्ष एवं मन्त्री लोकनाथ शर्माले आफ्नो सम्बोधनमा वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले विश्वस्तरमा कीर्तिमान कायम गरेको बताउँदै अब सिक्किममा कुनै शक्तिको हुति चल्दैन भन्ने दावी गरे। सिक्किम निर्माणमा एसकेएम सरकारले प्रत्येक सामाजिक विकासको काम गरेको अवगत गराए। २५ वर्षको सरकारले नगरेको काम मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको वर्तमान राज्य सरकारले चार वर्षमा विकासको छलाङ लगाएको उनले जानकारी गराए।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार भनेको गरीब जनता र ग्वालाहरुलाई सहयोग गर्ने सरकार रहेको मन्त्री नेपालले जानकारी गराए। २०२४-को चुनाउमा मानेबुङ – देन्तामबाट एसकेएम पार्टीका उम्मेदवारलाई भारी मत दिएर विजयी तुल्याउनुपर्ने उनले अपील गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement