मालदा: मालदामा शिलान्यास माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणामा माल्दामा तीनवटा सडक बनाइनेछ। सडक निर्माणका लागि उत्तर बंगाल विकास विभागले रकम विनियोजन गरेको छ। गजोल ब्लकमा १ करोड ७४ लाखको लागतमा निर्माण हुने यी सडकको शिलान्यास आज उत्तर बंगाल विकास विभागकी राज्यमन्त्री तथा सिँचाइ विभागकी सबिना यास्मिनले गरेकी हुन्।

तीन सडकको शुभारम्भको अवसरमा राज्यसभा सांसद मौसम नूर, उत्तर बङ्गाल विकास विभाग तथा सिँचाइ विभाग मन्त्री सबिना यास्मिन, गजोल पञ्चायत समितिका अध्यक्ष मोजामेल हुसेन, गजोल थानाका आईसी चन्द्रशेखर घोषाल र अन्य उपस्थित थिए। आज मन्त्रीले नरिवल तोडेर सडक निर्माणको शिलान्यास गरेका छन्।










