आईसीडीएस केन्द्रहरूमा समस्यालाई लिएर भाजपा महिला मोर्चाले बुझाए ज्ञापन

n572466330170472519130717e6c8ee440e773f68ec12fb8b659d4e005e5390c4fddf1eb5a0641781a68bde.jpg

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) को महिला मोर्चा पदाधिकारीहरूले सिक्किम सरकारको महिला एवं बाल विकास विभागकी सचिव निर्मित लेप्चासॅंग भेट गरेर ज्ञापन बुझाएको छ।

भाजपा सिक्किमको महिला मोर्चाकी महासचिव सिर्जना थापा छेत्रीको अगुवाईमा गएको टोलीले राज्यका विभिन्न आईसीडीएस केन्द्रहरूमा देखा परिरहेका कमी कमजोरीहरूमाथि विभागको ध्यान आकर्षित गराएको छ। उक्त जानकारी प्रदेश भाजपाले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।

टोलीमा महिला मोर्चा महासचिवको साथमा राज्य सचिव देवीमाया बराइली, उपाध्यक्ष अरुणा मंगर, तारा सुब्बा र सचिव बबी राई सामेल थिए। भाजपा टोलीले महिला र नानीहरूको कल्याणको निम्ति केन्द्र सरकारले सबै आवश्यक सुविधाहरू उपलब्ध गराइरहेको बताउॅंदै आवश्यक पोषण र योग्य लाभार्थीहरूलाई समयमा मातृत्व भत्ता वितरण सुनिश्चित गर्न बल दिए।

प्रदेश भाजपा महिला मोर्चाले आफ्नो ज्ञापन पत्रमा यी केन्द्रहरूमा उचित शौचालयको अभाव र पेयजलको अपर्याप्त आपूर्तिबारे विभागको ध्यान आकर्षित गराएको छ। मोर्चाले विभागलाई उक्त समस्याको समाधानका लागि तत्काल आवश्यक कदम उठाउन आह्वान गरेको छ।

About Author

Advertisement