मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमाको आयोजनमा आगामी ४ फरवरीको दिन विराट जनसभा हुने भएको छ। उक्त जनसभालाई लिएर आज गोजमुमो मिरिक महकुमा कार्यालयमा एक सभा सम्पन्न गरियो। गोजमुमो मिरिक महकुमा समितिका मूल सचिव पूर्णसिंह राईले सञ्चालन गरेको सभालाई महकुमा अध्यक्ष रूपेश राईले अध्यक्षता गरेका थिए भने मोर्चा केन्द्रिय समितिका सह सचिव विनोद खालिङ प्रमुख रूपमा उपस्थित थिए। यसबाहेक नारी मोर्चा केन्द्रीय समिति सांगठनिक सचिव ललिता छेत्री, मोर्चा मिरिक महकुमा समितिका प्रवक्ता अर्पण राई, २४ नम्बर समष्टि संयोजक रामचन्द्र राई, महकुमा कोषाध्यक्ष सुप्चन गुरूङ, विरेन योञ्जन, युवा मोर्चा २३ नम्बर समष्टि अध्यक्ष सञ्जोक तामाङ, अर्जुन आचार्य, पुनम बोमजन लगायत कार्यकर्ताहरूको उपसथिति रहेको थियो। सभापछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा मोर्चा मिरिक महकुमा प्रवक्ता अर्पण राईले आगामी ४ फरवरीको दिन मिरिकको आहले खेल मैदानमा एक ऐतिहासिक जनसभा हुने बताए। उनले उक्त जनसभामा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङ प्रमुख वक्ताको रूपमा उपस्थित हुने जानकारी गराए। जनसभामा पहाडको विभिन्न स्थानहरूबाट गोर्खा जातिलाई प्रेम गर्ने व्यक्तिहरूको उपस्थिति रहने बताएका छन्। उनले पहाडमा गोजमुमो मात्र यस्तो राजनीतिक पार्टी हो जसले गोर्खाल्याणडको निम्ति सधै संघर्ष गरिरहने छ भने। मोर्चा अध्यक्ष विमल गुरूङको कुशल नेतृत्वमा नै गोर्खाल्याण्ड राज्य निर्माण हुने कुरोमा आफूहरू विश्वस्त रहेको पनि बताएका छन्।