कोलकाताः राशन वितरण भ्रष्टाचार मामिलामा पक्रा पर्नसाथ बनगाउँका पूर्व मेयर शंकर आध्या उर्फ डाकू मन्त्री ज्तोतिप्रिय मल्लिकको साथ करीबी सम्बन्ध नरहेको बताएका छन्। शंकरले सोमवार ईएसआई अस्पतालमा नियमित चिकित्सकीय जाँचमा मीडियाको प्रश्नको जवाफ दिँदै यी कुरा भनेका हुन्।
ईडी अधिकारीले सोमवार उनलाई स्वास्थ्य जाँचको निम्ति सीजीओ कम्प्लेक्सबाट ल्याएका थिए। उनले मन्त्रीको साथ आफ्नो करीबी सम्बन्ध नरहेको पक्षमा एक तर्क पनि दिए। उनले भऩे, जब चुनाउ थियो तब मलाई टिकट दिइएन जबकि ज्योतिप्रिय जिल्लाध्यक्ष थिए।
शंकर सोमवार सल्ट लेकको सीजीओ कम्प्लेक्सदेखि मेडिकल जाँचको निम्ति जोका ईएसआई अस्पताल लगियो। कारमा बस्न लाग्दा शंकरले भने, म ज्योतिप्रियकी छोरीलाई चिन्दिन। उनले नगर निगम चुनाउमा टिमट नपाएको मुद्दा पनि उठाए औं भने, यदि ज्योतिप्रिय मल्लिकको मसित राम्रो सम्बन्ध भएको भए मैले नगर निगम चुनाउको निम्ति टिकट किन पाइन ? उनले मलाई कहिलेपनि १०० रूपियाँ पनि दिएनन्।
-हिस









