मिरिकमा भागाेप्रमाेकाे सागठनिक सभा सम्पन्न

IMG-20240108-WA0251.jpg

मिरिक: भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा केन्द्रीय नेतृत्वहरूकाे उपस्थितिमा आज मिरिक युवा आवासमा एउटा सांगठनिक सभा सम्पन्न भएको छ। भागाेप्रमाे मिरिक महकुमा समितिका कार्यकर्ताहरूलाई सहभागी गराई गरिएकाे सभामा भागाेप्रमाे केन्द्रीय महासचिव अमर लामा, केन्द्रीय उपाध्यक्ष सतीस पाेख्रेल, केन्द्रीय सह सचिव ज्याेति कुमार राई, सभासद परेस तिर्की, प्रमोस्कर ब्लाेन, धुर्ब बम्जन, भागाेप्रमाे मिरिक महकुमा अध्यक्ष एंव सभासद मिलेस राई, जीटीए जनसम्पर्क अधिकारी एसपी शर्मा, मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, पञ्चायत समिति सदस्य एंव भागाेप्रमाे सियाेक गाेपालधारा ओकाइटी समष्टि अध्यक्ष समीर राई, ट्रेड युनियन नेता जेबी तामाङ लगायत पञ्चायत समितिका सदस्यहरू, ग्राम पञ्चायत प्रधानहरू, पञ्चायत सदस्यहरू विशेष रूपमा उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागाेप्रमाे केन्द्रीय प्रवक्ता केशवराज पाेख्रेलले वर्तमानमा भागाेप्रमाेले संगठनलाई दह्रिलाे बनाउने उद्देश्यले विभिन्न ठाउँमा सांगठनिक सभाहरू गर्ने क्रममा आज मिरिकमा सभा गरिएकाे जसमा सांगठनिक गतिविधिबारे व्यापक चर्चा गरिएकाे बताए।उनले सभामा शाखा, प्रशाखा अनि बुथ कमिटि गठन प्रक्रियाबारे पनि व्यापक चर्चा भएकाे जानकारी गराउँदै भागाेप्रमाे कर्ममा विश्वास गर्ने पार्टी हाे र हामी कसले के भन्छ त्यतापटि जाँदैनाैं तर काम गरेर देखाउँछाै भने। उनले भागाेप्रमाेले चुनाउलाई हेरेर सांगठिक गतिविधिलाई तीब्र पारेकाे हाेइन। याे पार्टीकाे कार्यक्रम अन्तर्गत गरिएकाे सभा हाे भन्दै चुनाउ आउँछ जान्छ, भागाेप्रमाे एउटा राजनैतिक दल भएकाे नाताले चुनाउमा आवश्य भाग लिनेछ भने। उनले अब जनताले आगामी चुनाउमा रिपोर्ट कार्ड हेरेर भाेट दिनुपर्छ। विगतमा के भनेर चुनाउ जितेकाे थियाे। दिएकाे वचन पूरा गर्याे गरेन। जनताले हेर्ने समय आएकाे छ भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement