ईडी अधिकारीहरूमाथि हमला मामिलामा राज्यपालले माग्यो कारबाही रिपोर्ट

Rajya-Samachar-2

कोलकाताः पश्चिम बंगालको राज्यपाल डा. सीवी आनन्द बोसले राशन घोटालामा तृणमूल कांग्रेस नेता शाहजहॉं शेखको आवासमा छापामारी गर्न गएको ईडी अधिकारीहरूमाथि भीडको हमलाको घटनालाई लिएर राज्य सरकारसॅंग रिपोर्ट मागेका छन्। यस मामिलामा के कारबाही भयो, यसको बारेमा लिखित रूपमा रिपोर्ट बुझाउन लगाइएको छ। राजभवनका एक अधिकारीले सोमवार उक्त जानकारी दिए।

उनले भने, बोसले मुख्य आरोपित शाहजहॉंलाई पक्राउ किन गरिएको छैन्, यस सन्दर्भमा राज्य सरकारलाई रिपोर्ट बुझाउन लगाएको छ। उनी अझै पनि भारतमा छन् कि सीमा पार गरिसकेका छन्, यो पनि स्पष्ट गर्न लगाएका छन्। अधिकारीले भने, राज्यपालले राज्य सरकारलाई एउटा रिपोर्ट बुझाउन लगाउॅंदै शाहजहॉं शेखलाई किन पक्राउ गरिएको छैन भन्ने कुरा स्पष्ट गर्न र उनी अझै पनि देशमै छन् कि छैनन्, त्यो पनि स्पष्ट गर्न अनुरोध गरेका छन्।

-हिस

About Author

Advertisement