कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार आरोप लगाउँदै केन्द्र सरकारले गंगासागर मेलालाई लिएर कुनै प्रकारको पनि मद्दत नगरेको बताएकी छन्। गंगासागर मेलाको उद्घाटनपछि मुख्यमन्त्रीले भनिन्, गंगासागर मेला विश्वको सबैभन्दा ठूलो धार्मिक उत्सवहरूमध्ये एक हो, तर केन्द्रले यसलाई उचित मान्यता दिएको छैन।
दक्षिण २४ परगना जिल्लाको सागर द्वीपमा सागर मेला उद्घाटनको आधिकारिक कार्यक्रमलाई सम्बोधित गर्दै उनले भनिन्, केन्द्र सरकारले कुनै प्रकारको मद्दत नगरे तापनि राज्य सरकारले हरेक साल यसको आयोजना गर्दै आइरहेको छ। कुम्भ मेला एउटा ठूलो मेला हो र केन्द्रबाट पूर्ण मद्दत प्राप्त हुन्छ। उनले कुम्भ मेला स्थल सडक मार्गसॅंग जोडिएको, तर गंगासागर मेला एउटा द्वीपमा आयोजित हुने गरेको बताइन्। उनले यो मेला संसारकै सबैभन्दा ठूलो मेला रहेको बताउॅंदै केन्द्र सरकारले किन उचित मान्यता नदिएको भन्दै आश्चर्य व्यक्त गरिन्।
-हिस










