कोलकाताः उत्तर २४ परगना जिल्लाको संदेशखालीमा ईडी अधिकारीहरूमाथि हमलाको घटनालाई लिएर भाजपाले हाईकोर्टको दैलो ढकढकाएको छ। सोमवार भाजपाले मुख्य न्यायाधीश टीएस शिवगणनम र न्यायमूर्ति सुप्रतिम भट्टाचार्यको खण्डपीठको ध्यान यतातिर आकर्षित गरे। मुकदमा गर्ने अऩुमति पाइएको छ। उकील सुष्मिता साहा दत्ताले शीघ्र सुनवाईको माग गर्दै अर्जी दर्ता गरेकी छन्। मुख्य न्यायाधीशको खण्डपीठले यस मामिलाको सुनवाई बिहिवार हुने भन्यो।
गत शुक्रवार ईडीका अधिकारी जब सन्देशखालीको सरबेरिया गाउँमा तृणमूल नेता शेख शाहजहाँको घर छापा मार्न गएका थिए तब तृणमूल कांग्रेसका कार्यकर्ताहरूले उनीरूमाथि हमला गरेका थिए। यस मामिलामा राज्यपालले शाहजहाँको आतङ्की कनेक्शनको जाँचको निर्देश दिएका छन्। साथै राज्य सरकारबाट कारबाही रिपोर्ट पनि मागेको छ।
-हिस










