अच्छापाड़ामा डे-नाइट भलिबल टूर्नानेन्ट सम्पन्न

4cba6216-9df9-472c-ac30-36e25b13f5c5

कालचिनीः कालचिनी थाना अन्तर्गत भाटपाड़ा ए अच्छापाड़ा चियाकमानको खेल मैदानमा आइतवार साँझ एक दिवसीय डे-नाइट भलिबल टूर्नानेन्ट अच्छापाड़ा यूथ डेभलपमेन्ट क्लबको आयोजनामा सफलरुपमा सम्पन्न भएको जानकारी सो क्लबको सभापति विजय थुलुङ राईले दिएका छन्। जम्मा ९ वटा टीमहरूले अंशग्रहण गरेको उक्त भलिबल टूर्नानेन्टमा अन्ततः फाइनल खेल एमईएस-२ बनाम बुखिमबारीमाझ मध्यराती रोमाञ्चक खेल सम्पन्न भएको थियो। रोमाञ्चक खेलको अन्तमा एमईएस-२ ले बुखिमबारीलाई पराजित गर्दै विजेता बन्न सफल भएको थियो।
विजेता एमईएस-२ टीमलाई विजेता ट्रफीसँगै नगद १० हजार रूपियाँ प्रदान गरिएको थियो भने उपविजेता टीम बुखिमबारीलाई रनर ट्रफीसँगै नगद ७ हजार रुपियाँ प्रदान गरिएको थियो। म्यान अफ दी म्याचको पुरस्कार बितेस लामालाई प्रदान गरिएको थियो भने म्यान अफ दी सीरीज बितुली अली र बेस्ट लिफ्टर बिक्की रोयलाई प्रदान गरिएको थियो। उक्त अवसरमा फालाकाटाबाट आएका एनजीओ टीमका प्रतिनिधि आलोक रोय मुख्य अतिथिको रुपमा उपस्थित रहेको थियो भने विशिष्ट अतिथिमा एसएसबी ५३ वाहिनी नयाँ बस्ती बीओपीको प्रभारी गौचन्द्र रोय, जयगाउँका युवा समाजसेवी नवीन छेत्री लगायत अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो। जाड़ोको मौसमलाई स्फूर्ति अनि रमाइलो बनाउन डे-नाइट भलिबल टूर्नानेन्टको आयोजना गरिएको आयोजक कमिटी अच्छापाड़ा यूथ डेभसपमेन्ट क्लबको सभापति विजय थुलुङ राई र सचिव राकेश राईले जनाएका छन्। यस खेललाई सुचारु रूपमा सफल बनाउन क्लबको सदस्यहरू रवि सार्की, विनोद सार्की, भानु राई, बलदेव लामा, शरण लामा, पुनम लोहार, सिकन्दर टोप्पो, विन्दु टोप्पो, हर्मन किन्डो, निलम नाइक, रितिका सुब्बा, विवेक सार्की आदिले सक्रिय भूमिका निर्वाह गरेकोमा क्लबको सभापति विजय थुलुङ राई र खेल सचिव राकेश राईले धन्यवाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement