सोनादा: सोनादा पचेङ समष्टीको मिलिङ बस्तीमा आज साँझ एक घर आगलागीमा जलेर खरानी भएको छ। मिलिङ बस्तीको सुकदेव मोथेको घर आगलागीमा जलेर खरानी भएको छ। श्रमिक काम गरेर घर परिवार चलाउने सुकदेव मोथेको घरसितै सबै कुराहरू जलेर नष्ट भएको छ। उक्त आगलागीमा सुकदेव मोथे र परिवारको सबै जलेर नष्ट भएको छ। पति पत्नी बस्ने उक्त घरमा जीउमा लगाएको लुगाबाहेक केही पनि निकाल्न पाएनन्। उक्त आगलागीमा केही नगदराशि, सबै कागज पत्रहरू, घरको सबै सर सामानहरू जलेर नष्ट भएको छ। आगलागीमा घर नष्ट भएपछि सुकदेव राईले बताए अनुसार आफु काममा गएको बेला पत्नीले आगो जलाई राखेर पानी लिनु जाँदा घर सबै जलेको बताएका छन्। उनले आगलागीमा घरसितै सबै सामानहरू, कागज पत्रहरू, केही नगदराशि पनि जलेर नष्ट भएको बताएका छन्।









