अण्डर १७ फुटबल प्रतियोगितामा युकेएफसी बिजयी

IMG-20240108-WA0243.jpg

खरसाङ: दार्जिलिङ जिल्ला शिक्षा विभागद्वारा आयोजित भानु गोल्ड कप २०२४, अण्डर १७ खेल खरसाङ फुटबल एसोसिएशनको सहयोगितामा स्थानीय चानमारी मैदान खरसाङमा आयोजित गरियो। यस खेल अहिले अन्तर खण्ड स्तरमा आयोजित गरिरहेको छ जो पछि अन्तर जिल्ला अनि राज्य स्तरमा आयोजित गरिने जानकारी प्राप्त भएको छ।
आजको खरसाङ खण्ड अन्तर्गत युकेएफसी र सौरेनी एफसी मिरिकमाझ खेल सम्पन्न भएको छ। आज खेलमा मुख्य अतिथिको रूपमा खरसाङ फुटबल एसोसिएशनका अध्यक्ष नर्बु शेर्पा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा कार्यकारी अध्यक्ष छिरिङ खाइबा, जिल्ला काउन्सिल खेलकूदकी महासचिव कमलेश राई प्रधान अनि अन्य उपस्थित रहेका थिए।

आजको खेलमा युकेएफसीले सौरेनी एफसी मिरिकलाई २ गोलको विरुद्ध ६ गोल गरेर बिजयी भएको छ। यस बिजयसितै युकेएफसी अन्तर जिल्लाबाट राज्य स्तरीय खेलको निम्ति अग्रसर भएको छ। खरसाङ फुटबल एसोसिएशनको सहयोगको निम्ति स्मृति चिन्ह कमलेश राई प्रधानद्वारा प्रदान गरिएको छ। यसको साथै दुवै दललाई ट्र्याक सुट प्रदान गरियो भने बिजेता दललाई जर्सी अनि टीसर्ट प्रदान गरियो अनि बिजेता दललाइ बिजयी ट्रफी कमलेश राई प्रधानको बाहुलीबाट प्रदान गरियो।

आज खोलमा निर्णायक मण्डलीमा मुख्य निर्णायक प्रतिक गुरुङ, सहायक निर्णायक दावा डोमा भोटिया, सुरेन गुरुङ, फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement