सिलगढी। अभिनेता सैफ अलि खान दार्जीलिङ आएका छन्। तिनीसित तिनको ठूलो छोरा तैमुरलाई लिएर दार्जीलिङ आएका छन्। तिनी आज विमान मार्फत बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै दार्जीलिङतर्फ प्रस्थान गरे। दार्जीलिङ पहाडमा लगभद ४-५ दिन घुमेपछि तिनी मुम्बई फर्किने थाहा लागेको छ। तथापि, तिनको पत्नी करिना कपुरको बेव सिरिजको सुटिङमा भने तिनले अंशग्रहण नगर्ने साथै तिनी विशेष दार्जीलिङ पहाडमा घुम्नको लागि आएको बताइएको छ।