गान्तोकमा सम्पन्न भयो क्रेडिट आउट रिच कार्यक्रम

IMG-20240106-WA0218.jpg

केन्द्रीय वित्तमन्त्री सीतारमणले सिक्किम सरकारको गरिन् प्रशंसा

गान्तोक: केन्द्रिय वित्तमन्त्री निर्मला सातारमणको मुख्य आतिथ्यमा आज राजधानीको मनन केन्द्रमा क्रेडिट आउटरिच कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए। केन्द्रीय मन्त्री सितारामण अनि मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट आज ३८२८ लाभार्थीहरूलाई ४०२.२३ करोड़ रुपियाँको ऋण प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले उनको केन्द्रीय वित्तमन्त्रीको गरीमय उपस्थितिको निम्ति केन्द्रिय आभार व्यक्त गरे। सिक्किम राज्यको जनतालाई आर्थिक रुपमा समृद्ध बनाउनको निम्ति केन्द्रद्वारा शुरु गरिएको विभिन्न योजनाहरू सिक्किममा चलिरहेको बताउँदै व्याङ्कहरूको यसमा सहभागिताको निम्ति उनले आभार व्यक्त गरे। यसको साथै राज्य सरकारले पनि यहाँको जनतालाई आर्थिक रुपमा सबल बनाउनको निम्ति विभिन्न योजनाहरूको आरम्भ गरेको उनले केन्द्रीय मन्त्री समक्ष आफ्नो कुरा राखे। यसरी नै केन्द्रिय मन्त्रीले आफ्नो सम्बोधनको क्रममा सिक्किममा प्रति एक लाख जनताको निम्ति ३२ वटा व्याङ्क शाखा अनि ३४६ वटा एटीएम रहेको बताए। पहाड़ी राज्यहरूमा सबैभन्दा धेरै व्याङ्क सेवा रहेको राज्य सिक्किम रहेको पनि उनले जानकारी गराए। केन्द्र सरकारले शुरु गरेको विभिन्न योजनाहरूमा महिलाहरूको धेरै सहभागिता निम्ति उनले यहाँको महिलाहरूको प्रशंसा गरे। यसको साथै आम नागरिकहरूले अब ब्याङ्क सेवाहरूको लिन शुरु गर्नुपर्ने पनि उनले अपील गरिन्। आज ब्याङ्कको सेवा केवल पैसा राख्न मात्र नरहेर केही गर्छु भन्नेहरूलई सुलभ ब्याज दरमा ऋण पनि उपल्द्ध गराउने गरेको बताउँदै उनले सबैलाई यसको फाइदा लिने पनि आग्रह गरिन्। निकट भविष्यमा सिक्किमलाई अझ धेरै योजनाहरूले फाइदा पुग्ने पनि उनले स्थानीयहरूलाई विश्वास दिलाइन्।

.

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement