मंगन: माघे मेलाको शुभअवसरमा मंगन जिल्लामा जिल्लास्तरीय अन्तर समष्टी फुटबल प्रतियोगिता आजदेखि शुरू भयो। राज्यको खेलकूद एवम् युवा मामिला विभागको पहलमा आयोजित यस प्रतियोगिताको पहिलो खेल लाचेन मंगन बनाम जङ्गु निर्वाचनबीच समप्न्न भएको थियो, जसमा जङ्गु निर्वाचन क्षेत्रले शून्यकोविरूद्ध दुई गोल गरेर अघिल्लो चरणमा प्रवेश गरेको छ। भोलि अर्थात ७ जनवरीको दिन कबी लुङचोक बनाम जङ्गुबीच फाइनल खेल सम्पन्न हुने भएको छ। आजको यस कार्यक्रममा उत्तर जिल्ला फुटबल एलोसिएशनका महासचिव राजेन्द्र गुरूङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने सल्लाहकार पेमा तेञ्जिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।










