गान्तोकमा वर्सिप ब्याण्ड मुम्बइको प्रस्तुति

n5719234101704550121139d9105d6e316bf0839e673b48b0cb91733d3c948c3ac61395a6e508261a38f388.jpg

गान्तोक: इसाई समुदायको विश्वविख्यात वर्सिप ब्याण्ड मुम्बइले आगामी १३ जनवरीको दिन गान्तोकको ममन केन्द्रमा साङ्गीतिक प्रस्तुति दिने भएको छ। ब्याण्डका प्रख्यात गायक सेल्डन बङ्गेराको प्रस्तुति सिक्किमको लागि उत्साहपूर्ण अवसर हुने बताउॅंदै कार्यक्रम आयोजक थ्राइब मिनिस्ट्रीले १३ जनवरीको कार्यक्रम सहभागी बनिदिन मानिसहरूलाई आग्रह गरेको छ।

कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ तर सीट आरक्षणको लागि पंजीकरण भने अघिबाटै गराउनुपर्ने आयोजकले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। यस अवसरमा गड टिभीका चर्चित वक्ताद्वारा प्रवचन पनि समावेश रहने बताइएको छ। विभिन्न कार्यक्रम आयोजन गर्दै आएको थ्राइब मिनिस्ट्रीले १३ जनवरीको साङ्गीतिक कार्यक्रममा मुख्यमन्त्री पिएस गोलेसे सहयोग पुऱ्याएको बताउँदै आभार व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement